Logo

बुधवार, मंसिर १५ गते २०७८

images

बुढानीलकण्ठबाट कांग्रेस–जसपाकाे नयाँ रणनीति, एकजुटहुँदै गर्याे यस्तो घोषणा !

बुढानीलकण्ठबाट कांग्रेस–जसपाकाे नयाँ रणनीति, एकजुटहुँदै गर्याे यस्तो घोषणा !

नेपालपाना पौष ४ २०७७
  • 17.9K
    SHARES
  • बुढानीलकण्ठबाट कांग्रेस–जसपाकाे नयाँ रणनीति, एकजुटहुँदै गर्याे यस्तो घोषणा !

     

    काठमाडाैं । शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानीलकण्ठमा बसेको जसपा नेपाली कांग्रेसको बैठकले तत्काल संसद अधिवेशन बोलाउन दबाद दिने निर्णय गरेको छ ।

    आज बुढानीलकण्ठमा कांग्रेसकातर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशशरण महत र जसपाबाट केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटावर्ता भएको थियो ।

    कांग्रेस र जसपाका नेताहरुको बैठकमा संसद अधिवेशन बोलाउन दबाद  दिने समझदारी गरिएको बताइएको छ ।

    शुक्रबार नै देउवाले संसद अधिवेशन बोलाउन आफूले पटक पटक पहल गरेपनि कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले आफ्नो प्रयासले सार्थकता पाउन नसकेको बताएका थिए।

    पौष ४, २०७७ शनिवार १९:००:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # जसपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana