Logo

बुधवार, मंसिर १५ गते २०७८

images

जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने

जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने

नेपालपाना पौष ७ २०७७
  • 14.6K
    SHARES
  • जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्ने भएको छ ।

    जसपाको मंगलबार बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नेदेखि मसाल जुलुससम्मका विरोधका कार्यक्रम घोषणा गरेको हो।

    बैठकपछि जारि गरिएको विज्ञप्तीमा, ९ पुसमा आन्दोलन तयारी बैठक गर्ने, १० गते देशभरका सबै जिल्लाका सदरमुकामहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्ने, ११ गते मसाल जुलुस निकाल्ने र १२ गते जिल्ला सदरमुकामसहित काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने निर्णय उल्लेख छ।

    ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जनताको सर्वोच्च प्रतिनिधि संस्था प्रतिनिधि सभाको विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी निणर्यको जनता समाजवादी पार्टी, नेपाल जोडदार बिरोध गर्दै आन्दोलनका कार्यक्रमहरू तय गरिएको छ।’ केन्द्रीय कार्यकारिणी समिति बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ।

    पौष ७, २०७७ मंगलवार २१:३४:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana