Logo

बुधवार, मंसिर १५ गते २०७८

images

कोरियोग्राफर झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित

कोरियोग्राफर झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित

नेपाल पाना पौष ९ २०७७
  • 11.4K
    SHARES
  • कोरियोग्राफर झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित

    काठमाडौं । कोरियोग्राफर आश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित भएका छन् ।

    राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न कार्यक्रममा फेसन र डान्सका कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित भएका छन ।

    कविलासी नगरपालिका–७ गैर घर भई हाल राजधानीमा बस्दै आएका झाले सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका छन । झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सम्मानित गरेको छ ।

    समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार ‘विश्वकर्मा’ले कोरियोग्राफर झालाई नगद एक लाख रुपियाँसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित गरेका हुन ।

    मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष आधा दर्जन विधामा सम्मान गर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट यस वर्ष झालाई सम्मान गरेको हो ।

    कला तथा कोरियोग्राफी क्षेत्रमा योगदान पुर्‍याएवापत झालाई यो सम्मानबाट सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । यस वर्ष यो विधाबाट सम्मानि हुने झा एक्लो प्रतिभा हुन ।

    पौष ९, २०७७ बिहिवार ०९:४७:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana