Logo

बुधवार, मंसिर १५ गते २०७८

images

'केपी ओली भ्रष्टाचारीको नाईके हुन्'

'केपी ओली भ्रष्टाचारीको नाईके हुन्'

नेपालपाना पौष १२ २०७७
  • 18.8K
    SHARES
  • 'केपी ओली भ्रष्टाचारीको नाईके हुन्'

    जनकपुरधाम। संसद विघटन गराएपछि आलोचित बन्दै गएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चोतर्फी आलोचना बढ्दै गएको छ ।

    यसबीच प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रधानमन्त्री ओलीलाई पूँजीपति, दलाल र भ्रष्टाचारीहरुको नाईके रहेको आरोप समेत लगाएका छन्। 

    आइतबार जनता समाजवादी पार्टी नेपालले  जनकपुरमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमबिरुद्ध जनता समाजवादी पार्टीले आइतबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम लगायत प्रदेशको सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

    गत आईतबार प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले  देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । जसपाले घोषणा गरेको ५ दिने विरोध कार्यक्रम अन्तर्गत आइतबार अन्तिम दिन प्रदेश २ का जिल्लाहरुको ठाउँठाउँमा विरोध प्रदर्शन गरिएको छ।

    पौष १२, २०७७ आइतवार १९:०१:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana