Logo

बुधवार, मंसिर १५ गते २०७८

images

राष्ट्रपतिले बोलाइन संसद बैठक, ४ दिनपछि विद्या भण्डारी आफैं नयाँ बानेश्वर जाने

राष्ट्रपतिले बोलाइन संसद बैठक, ४ दिनपछि विद्या भण्डारी आफैं नयाँ बानेश्वर जाने

नेपालपाना पौष १३ २०७७
  • 20.1K
    SHARES
  • राष्ट्रपतिले बोलाइन संसद बैठक, ४ दिनपछि विद्या भण्डारी आफैं नयाँ बानेश्वर जाने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो सदनको बैठक बोलाएकी छन् । माथिल्लो सदन नेसनल एसेम्बली अर्थात राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतवार आह्वान गरेकी हुन् ।

    राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

    उनका अनुसार राष्ट्रिय सभाको बैठक शुभारम्भमा राष्ट्रपति आफै उपस्थित हुनेछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भने गत पुस ५ गते नै विघटन गरिसकेका छन् ।

    पौष १३, २०७७ सोमवार ०७:०१:५६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana