Logo

शुक्रवार, मंसिर १६ गते २०७९

नेता घरघरमा पुगिरहेको चिनियाँ टोलीको प्रतिवादमा उत्रियो यो दल, फिर्ता नपठाएसम्म नछोड्ने

नेता घरघरमा पुगिरहेको चिनियाँ टोलीको प्रतिवादमा उत्रियो यो दल, फिर्ता नपठाएसम्म नछोड्ने

नेपालपाना पौष १४ २०७७
  • 12.0K
    SHARES
  • नेता घरघरमा पुगिरहेको चिनियाँ टोलीको प्रतिवादमा उत्रियो यो दल, फिर्ता नपठाएसम्म नछोड्ने

    काठमाडौं । नेपाल रिपब्लिक पार्टीले चिनियाँ टोलीको हस्तक्षेपको भत्सर्ना गरेको छ। पार्टीका अध्यक्ष सिद्धार्थ गौतमले मंगलवार विज्ञप्ति जारी गरेर चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येज़ोऊको नेतृत्वमा नेपालको राजनीति र आन्तरीक मामिलामा नांगो हस्तक्षप गर्न आएको चिनियाँ टोलीको घोर भर्त्सना गरेका हुन्। उनले चिनियाँ हस्तक्षेप बन्द गर्न माग गरेका छन्। साथै चिनियाँ टोलीलाई फर्काउन पार्टीले आन्दोलनको आह्वान पनि गरेको छ। 

    यस्तो छ पार्टीको विज्ञप्ति :

    चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येज़ोऊको नेतृत्वमा नेपालको राजनीति र आन्तरीक मामिलामा नांगो हस्तक्षप गर्न आएको चिनियाँ टोलीको नेपाल रिपब्लिक पार्टी घोर भर्त्सना गर्दछ ।

    नेपालमा कम्युनिष्टहरुलाई मिलाईदिने र यस मुलुकलाई कम्युनिष्टहरुको कब्जामा पारेर कम्युनिष्ट चीनको कठपुतली सर्वसत्तावादी कम्युनिष्ट सरकार स्थापना गर्ने घृणित उद्देश्य बोकेर आएको उक्त टोली नेपालबाट प्रजातन्त्र पूर्णतः समाप्त पार्ने र नेपाली जनतालाई सर्वसत्ताले अन्त्यहीन चंगुलमा फसाउने गुरुयोजनाबाट सञ्चालीत रहेको छ ।

    कम्युनिष्ट चीनको यो प्रयास र यो षड्यन्त्र सफल भयो भने नेपाली जनताले प्रजातन्त्रलाई सदाका लागि गुमाउनेछन् र नेपाल कम्युनिष्ट आतंकवादको गढ बन्ने छ । नेपाली जनताको नियती तिब्बती जनताको झैँ हुनेछ । यो भयावह अवस्था आउन नदिन नेपालमा चीनको हस्तक्षप बन्द गराउनैपर्छ । यसका लागि सम्पूर्ण प्रजातन्त्रप्रेमी शक्तिलाई स्पष्ट दृष्टीकोण र पूर्ण ऐक्यबद्धताका साथ निर्लज्ज चिनियाँ हस्तक्षप विरुद्ध अगाडि आउन नेपाल रिपब्लिक पार्टी हार्दिक अपील गर्दछ ।

    नेपाललाई कम्युनिष्ट अधिनायकवादको कब्जामा पार्न चीन सरकारले केही वर्ष यता निर्लज्ज हस्तक्षपको क्रम चलाएको छ ।

    नेपाली कम्युनिष्टहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीले तालीम दिने क्रम बढेको छ । यसरी दास बनाईएका नेपाली कम्युनिष्टहरु देशलाई चीनको हातमा सुम्पन लजाँउदैनन् भन्ने उदाहरण हुम्ला लगायत नेपाल तिब्बत सीमामा नेपाली भूमि कब्जा गरी चिनले भवन बनाँउदा समेत नेपालको कम्युनिष्ट सरकार चीनको पक्षमा उमिनुले स्पष्ट पारेको छ ।

    नेपाल रिपब्लिक पार्टी कम्युनिष्ट चीनलाई नेपाली भुुमि तत्काल फिर्ता गर्न चेतावनी दिन चाहन्छ । साथै, नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर नेपाललाई कम्युनिष्टको कब्जामा पार्ने घोषित उद्देश्य लिएर आएको चिनियाँ टोलीलाई अवांछनीय तत्व घोषित गरी तत्काल फिर्ता पठाउन नेपाल सरकारलाई सुझाव दिन चाहन्छ ।

    पौष १४, २०७७ मंगलवार १५:४९:५४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend