Logo

बिहिवार, फाल्गुण २० गते २०७७

पाकिस्तानमा हिन्दु आस्थामाथि बर्बर आक्रमण, मुसलमानहरुले हिन्दु सन्तको समाधीस्थल पनि छोडेनन्, ध्वस्तै पारे!

पाकिस्तानमा हिन्दु आस्थामाथि बर्बर आक्रमण, मुसलमानहरुले हिन्दु सन्तको समाधीस्थल पनि छोडेनन्, ध्वस्तै पारे!

Nepal Pana पौष १६ २०७७
  • 3.3K
    SHARES
  • पाकिस्तानमा हिन्दु आस्थामाथि बर्बर आक्रमण, मुसलमानहरुले हिन्दु सन्तको समाधीस्थल पनि छोडेनन्, ध्वस्तै पारे!

    इस्लामावाद । इस्लाम राष्ट्र पाकिस्तानमा हिन्दु धर्ममा आस्था राख्नेमाथि पहिलेदेखि नै हमला हुँदै आएको छ । 

    हालैमात्र एक हिन्दु सन्तको समाधीस्थल पाकिस्तानका मुसलमानहरुले आक्रमण गरेका छन् । मानवीय संवेदनालाई समेत ख्याल नगरी धर्मका नाममा असहिष्णुता देखाएका हुन् । स्थानीय मुसलमानहरुले पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा अवस्थित हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थल ध्वस्त पारिदिएका हुन् । 

    स्थानीय प्रहरीका अनुसार काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले बनाउन लागेको घरको विषय त्यसमा जोडिएको थियो । उनले बनाउन लागेको घर उक्त समाधिस्थलमा जोडिएको भन्दै स्थानीय भीड आक्रोसित भएको थियो । काराक जिल्लाका प्रहरी प्रमुख इरफानउल्लाह मारवाटले बीबीसीका प्रतिनिधि सिराजुद्धिनलाई बताएअनुसार त्यहाँ हिन्दुहरुको जनसंख्या अत्यन्तै कम छ ।
    स्थानीयवासीले उक्त घर निर्माण भैरहेको स्थान समाधीस्थलको हिस्सा भएको दाबी गरिरहेका छन् । 

    प्रहरी प्रमुखका अनुसार एकजना धर्मगुरुले उत्तेजनात्मक भाषण गरेर स्थितिलाई बिगारेका थिए । त्यसपछि भीड यति विशाल हुँदै गयो कि परिस्थितिलाई नियन्त्रणमा लिन निकै गाह्रो भएको थियो । यद्यपि, घटनामा कसैलाई पनि चोट नलागेको प्रहरीको दाबी छ । हिन्दु सन्त श्री परम हंसजी महाराजको समाधिस्थलका सम्बन्ध यसअघि पनि विवाद भएको थियो । त्यस क्षेत्रका कट्टरपन्थी मानिहरुले शुरुदेखि नै यस समाधिस्थलको विषयमा विरोध गरिरहेका थिए ।

    यसअघि सन् १९९७ सालमा सोही समाधिस्थलको विषयलाई लिएर स्थानीयवासीले पहिलोपटक आक्रमण गरेका थिए । त्यसपछि पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले यसको पुनर्निर्माण गरेको थियो । यो समाधिस्थल सरकारी ट्रस्टको सम्पति हो । 

    हिन्दु सन्त श्री परम हंस जी महाराजको मृत्यु भएको ठाउँमा निर्माण गरिएको थियो । सन् १९१९ मा सोही ठाउँमा सन्तको अन्त्येष्टि गरिएको थियो । त्यसपछि उनका अनुयायीहरुले यहाँ वर्षौदेखि पुजापाठ गर्दै आएका थिए ।

    पौष १६, २०७७ बिहिवार १२:५१:१६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana