Logo

आइतवार, माघ ४ गते २०७७

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन : एक महिनामा १ अर्ब नेपाली रुपैयाँ जोगियाे !

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन : एक महिनामा १ अर्ब नेपाली रुपैयाँ जोगियाे !

नेपालपाना पौष १६ २०७७
  • 131
    SHARES
  • मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन :  एक महिनामा १ अर्ब नेपाली रुपैयाँ जोगियाे !

    काठमाडौं । भारतबाट ठूलो मात्रामा इन्धन आपुर्ति गर्ने नेपालका लागि मोतिहारी(अमलेखगञ्ज पाइपलाइन ठूलो फाइदाको विषय बनेको छ । 

    नेपालले पहिलो पटक एक महिनामा १० करोड लिटर डिजेल आपुर्ति गरेको छ । भारत र नेपालबीच इन्धन आपुर्ति सहजताका लागि निमार्ण गरिएको यो पाइपलाईनबाट पहिलो पटक दश करोड लिटर डिजेल आपुर्ति भएको हो ।

    यति ठूलो मात्रामा इन्धन आपुर्ति गर्दा नेपालले १ अर्ब नेपाली रुपैयाँ बराबरको ढुवानी खर्च जागाएको भारतीय राजदुतावासले जनाएको छ । भारततीय रादुतावासले यसबारेमा ट्विटरमार्फत जानकारी दिँदै नेपाललाई ठूलो सहयोग पुगेको उल्लेख गरेको छ । 

    ट्यांकरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दा चोरी हुने, लिक हुने, आपुर्तिमा ढिलाई हुन जस्ता अनेकों समस्याहरु हुने गरेका थिए । मोतिहारी(अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनबाट ढुवानी खर्च जोगिदै सहजरुपमा इन्धन आपुर्ति हुन थालसँगै यो योजना दुवैपक्षबीच सफल मानिएको छ ।

    पौष १६, २०७७ बिहिवार २१:२८:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana