Logo

आइतवार, जेठ २ गते २०७८

नेकपामा खैलाबैला, वामदेवले भने- दुई हैन तीन कित्ता, एक मेरो हो !

नेकपामा खैलाबैला, वामदेवले भने- दुई हैन तीन कित्ता, एक मेरो हो !

नेपालपाना पौष १७ २०७७
  • 4.2K
    SHARES
  • नेकपामा खैलाबैला,  वामदेवले भने- दुई हैन तीन कित्ता,  एक मेरो हो !

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपामा अहिले तीन कित्ता रहेको बताएका छन् । उनले दुईसमुहका कित्ता र एक आफ्नो कित्ता भएको बताएका हुन् ।

    शुक्रबार पहिलो पटक राष्ट्रिय सभा बैठकमा सहभागी भएका उपाध्यक्ष गौतमले भने, ‘नेकपामा अहिले तीन कित्ता छन्, त्यसमा एक मेरो हो, दुई समूहका दुई कित्ता भइहाले। अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने मेरो कित्ता हो।’ 

    यसबाहेक उनले आफुलाई दशौं हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउनुस भन्ने गरेको बताएका छन् । उपाध्यक्ष गौतमले भने,  ‘मलाई दशौं हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउनुस् भनिरहेका छन्।’ प्रतिनिधि सभा विघटनको भने आफू विपक्षमा रहेको वामदेवले बताएका छन् ।

    पौष १७, २०७७ शुक्रवार १८:४२:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बामदेव गौतम

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana