Logo

शनिवार, मंसिर १७ गते २०७९

नेकपामा आर्थिक द्धन्द्ध, खाताबाट ३० लाख निकालेको आरोपमा भीम रावल !

नेकपामा आर्थिक द्धन्द्ध, खाताबाट ३० लाख निकालेको आरोपमा भीम रावल !

नेपालपाना पौष १७ २०७७
  • 14.8K
    SHARES
  • नेकपामा आर्थिक द्धन्द्ध, खाताबाट ३० लाख निकालेको आरोपमा भीम रावल !

    काठमाडौं। संसद विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपामा अहिले आर्थिक झमेलामा पनि परेको छ । यसबीच नेकपाका प्रभावशाली नेता एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज  भीम रावलले नेकपाको खाताबाट ३० लाख निकालिएको स्वीकार गरेका छन् ।

    शुक्रबार कैलालीको धनगढीमा आयोजित नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै नेता रावलले पार्टीकै कामले रकम निकालिएको बताएका हुन् ।

    नेता रावलले पैंसा निकालेको स्वीकार गर्दै भने, ‘हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले र हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाएका छौं, केही रकम हाम्रो काममा खर्च भयो ।’

    पार्टी विभाजन भएको बेला बैंकबाट रकम झिकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता तथा प्रदेश अध्यक्ष कर्ण थापाले आरोप लगाएका थिए ।

    ‘बैंक खातामा रहेको ३० लाख रकम प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले झिक्नुभएको हो,’ नेता रावलले भने, ‘रकम झिकेको भन्दै प्रदेश अध्यक्ष थापाले धम्की दिनु गलत हो, उहाँको धम्कीले कोही डराउनेवाला छैन ।’ 

    पौष १७, २०७७ शुक्रवार २०:०२:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा
  • # भीम रावल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend