Logo

आइतवार, मंसिर १२ गते २०७८

images

कोरोनाकाे तेस्रो लहर, स्वास्थ्य सङ्कटकाल लगाउने तयारी

कोरोनाकाे तेस्रो लहर, स्वास्थ्य सङ्कटकाल लगाउने तयारी

नेपालपाना पौष १८ २०७७
  • 6.0K
    SHARES
  • कोरोनाकाे तेस्रो लहर, स्वास्थ्य सङ्कटकाल लगाउने तयारी

    एजेन्सी। टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न गरेका छन् ।  

    देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गगरेका हुन् । 

    गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेका छन् ।

    भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले  राखे । जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए । 


    यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड–१९ नियन्त्रणमा ढिलाई हुने प्रतिक्रिया कोइकीले दिएकी छन् ।

    पौष १८, २०७७ शनिवार १८:२४:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana