Logo

बिहिवार, फाल्गुण २० गते २०७७

पाकिस्तानमा मन्दिरमा भएको आगजनीको घटनाको इस्लामिक धर्मगुरु नाईकले गरे समर्थन

पाकिस्तानमा मन्दिरमा भएको आगजनीको घटनाको इस्लामिक धर्मगुरु नाईकले गरे समर्थन

Nepal Pana पौष १९ २०७७
  • 3.1K
    SHARES
  • पाकिस्तानमा मन्दिरमा भएको आगजनीको घटनाको इस्लामिक धर्मगुरु नाईकले गरे समर्थन

    काठमाडौं । इस्लामिक धर्मगुरु जाकिर नाईकले पाकिस्तानको एक हिन्दु मन्दिरमाथि भएको आक्रमणको घटनाको समर्थन गरेका छन् ।

    पाकिस्तानको खैबर पख्तूनख्वामा कट्टरपन्थीहरूको अनियन्त्रित भीडले केही दिन अघि एक हिन्दू मन्दिर भत्काएर आगो लगाइएको थियो । इस्लामिक धर्मगुरु नाईकले इस्लामिक देशमा कुनै मन्दिर हुनु हुँदैन भन्ने विवादास्पद बयान दिएका हुन् ।
      
    ‘यदि इस्लामिक देशमा कुनै मन्दिर छ भने, यसलाई पनि ध्वस्त पार्नुपर्छ,’ उनले भने, ‘इस्लाममा मूर्ती बनाउन निषेध गरिएको छ । चाहे त्यो जीवित पशुपंक्षी होस् वा मानिसको ।’
    जाकिर नाईकले आफ्नो कुरा प्रमाणित गर्न पैगम्बर मोहम्मदसँग सम्बन्धित एक किस्सा पनि सुनाए । 

    कुरानको एक अंश सुनाउँदै जाकिरले भने, ‘मूर्ति कँही पनि बनाउन दिनु हुँदैन र यदि यो त्यस्तो कँही छ भने यसलाई भत्काउनु पर्र्छ । एक इस्लामी देशमा त झन् मूर्ती स्वीकार्य हुँदैन । यदि मूर्ती छ भने त्यसलाई ध्वस्त बनाउनुपर्दछ ।’ 

    मन्दिर ध्वस्त बनाएको घटनाको विश्वभर विरोध भएको थियो । संसारभरबाट मन्दिरमा भएको आगजनी घटनाको निन्दा गरिएको थियो । तर इस्लामिक अभियानकर्ता जाकिर नाइकले भने उक्त घटनाको समर्थन गरे ।

    स्थानीय धर्मगुरु र जमिअत उलेमा–ए–इस्लाम पार्टीका समर्थकहरूको नेतृत्वमा आएका भीडले पुरानो मन्दिरको साथमा नयाँ मन्दिरको निर्माण कार्य पनि ध्वस्त पारे । 

    स्थानीय जनताको विरोधपछि राज्यका एक मन्त्रीले उक्त घटनाको भत्र्सना गरे । प्रहरीले घटनामा संलग्न करीव ४५ जनालाई पक्राउ गरेको छ ।  

    जाकिर नाईक अहिले मलेसियामा लुकेर बसेका छन् । उनी सन् २०१६ सालदेखि मलेसियामा छन् । उनले केही समय पहिले इस्लामाबादमा कृष्ण मन्दिरको निर्माणलाई ‘पाप’ को संज्ञा दिएका थिए ।

    पौष १९, २०७७ आइतवार ११:२३:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana