Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

देशमा ओलीको निरंकुश तानाशाही प्रवृत्ति : नेता नेपाल

देशमा ओलीको निरंकुश तानाशाही प्रवृत्ति : नेता नेपाल

नेपालपाना पौष २३ २०७७
  • 9.7K
    SHARES
  • देशमा ओलीको  निरंकुश तानाशाही प्रवृत्ति : नेता नेपाल

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहका अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीबाट देशमा निरंकुश तानाशाही प्रवृती हावी भएकाे प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्षले माधव कुमार नेपालले बताएका छन् ।

    प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल समूहले बिहीबार राजधानीमा आयोजना गरेको नागरिक समाजसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    उनले देशमा केपी ओली नभएर केपी ओली प्रवृति हावी भएको र यसले देशलाई निरंकुशताको बाटोमा लगिरहेको बताएका छन् । 

    ‘केपी होइन, केपी प्रवृत्ति आज हाम्रो समस्या भएको छ’, अध्यक्ष नेपालले भने, ‘यो प्रवृत्ति निरंकुश तानाशाही प्रवृत्ति हो। यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ। समाजका सबै क्षेत्रलाई अस्तव्यस्त बनाएको छ।’ नेता नेपालले भने ।

    उनले निरन्तर विधि, पद्दति , संस्कार र शैलीका विषयमा पार्टीमा छलफल भए पनि ओली सहभागी नभएको बताए समेत बताएका छन् । ‘ओलीको सरकार सञ्‍चालन र तौरतरिकाप्रति असन्तुष्टि भएर नै म संसदमा बोलेको थिएँ’, उनले भने, ‘मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेउ, माझी छ कि कोही यो देश बचाइदेउ। त्यो भनेबापत केपी ओलीले मलाई खेदेको खेद्‌यै, खेदेको खेद्‌यै। केसम्म गर्नुभयो मैले भन्‍नु पर्दैन।’

    पौष २३, २०७७ बिहिवार १८:४९:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा
  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana