Logo

आइतवार, मंसिर १२ गते २०७८

images

सीमाभित्र घुसेका चिनियाँ सैनिक भारतीय नियन्त्रणमा

सीमाभित्र घुसेका चिनियाँ सैनिक भारतीय नियन्त्रणमा

नेपालपाना पौष २५ २०७७
  • 5.7K
    SHARES
  • सीमाभित्र घुसेका चिनियाँ सैनिक भारतीय नियन्त्रणमा

    काठमाडौं। भारतीय सीमामा घुसेका एक चिनियाँ सैनिकलाई भारतीय सुरक्षा बलले नियन्त्रणमा लिएको छ । पूर्वी लद्दाखको प्यागोङ तालको दक्षिणी क्षेत्रमा शुक्रबार बिहान यो घटना भएको हो । 

    भारतीय अधिकारीले भनेका छन्( पिपुल्स लिबरेसन आर्मी (पीएलए) का ती सैनिक वास्तविक नियन्त्रण रेखा (दुई देशको सीमा) नाघेर भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।

    त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीले उनलाई हिरासतमा लिएका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार पक्राउ गरिएका चिनियाँ सैनिकबारे निर्धारित प्रक्रियाबमोजिम अनुसन्धान भइरहेको छ। यसअघि पनि भारतीय सैनिकले एक चिनियाँ सैनिक पक्राउ गरेर पछि फिर्ता गरेको थियो।

    पौष २५, २०७७ शनिवार १८:०२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana