काठमाडौं। पछिल्ला दिनमा झ्याप्प(झ्याप्प विद्युत धेरै जाने क्रम बढेको छ । कतिपय सर्वसाधरणहरुले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बाहिरिएसँगै लोडसेडिङ हुन थालेको भन्दै आलोचना गरेका छन् ।
योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै संकट भएपछि प्रधानमन्त्री कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग जानकारी मागेको छ ।
कार्यालयमा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपाने, काठमाडौं उपत्यकाका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर विद्युत आपूर्तिको अवस्था र लाइन जाने क्रम बढेकोबारे जानकारी मागिएको हो ।
प्रधानमन्त्री कार्यालयका पूर्वाधार हेर्ने सचिव तोयनारायण, ऊर्जा सचिव दिनेश घिमिरे र प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले प्राधिकरणका अधिकारीहरूले गरेको ब्रिफिङ सुनेका थिए ।