काठमाडौं। विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लाका दुई सांसद वामदेव गौतमको अभियानमा लागेका छन् ।
ओलीले केन्द्रीय कमिटी विस्तार गर्दा केन्द्रीय सदस्य बनाइएका २ सांसद ओली पक्ष छोडेर वामदेवको एकता अभियानमा लागेका हुन्।
.
ओली पक्षलाई अस्वीकार गर्दै प्रचण्ड–नेपाल पक्षमा लागेका ती सांसद अहिले उपाध्यक्ष बामदेव गौतम संयोजक रहेको एकता अभियानमा लागेका हुन् ।
झापाबाट निर्वाचित १ नम्बर प्रदेशसभा सांसद गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली उपाध्यक्ष बामदेवको अभियानमा लागेका हुन् ।
बुढाथोकी र मैनालीसहित ७ जना स्थानीय नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विभाजनको पक्षमा नलाग्न र एकता अभियानमा जोडिन सबैमा अपिल पनि गरेका छन् ।