काठमाडौं। विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाको गुटबीच आतंक हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय नेता कार्यकर्ताबीच झगडा भएको हो ।
प्रचण्ड–नेपाल पक्षीय नेता भीम रावलको गृहजिल्ला अछाममा ओली पक्षीय नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमाथि आक्रमण र तोडफोड भएको छ ।
नेता रावल अछामको आमसभालाई सम्बोधन गर्न गएका थिए । यसबीच प्रचण्ड–नेपाल पक्षका युवा संघ नेपाल र अनेरास्ववियूका युवाले अध्यक्ष थापा चढेको प्रदेश ३–०१ ०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् ।
प्रहरीका अनुसार थापा चढेको गाडीमा ढुंगा लागेको छ । दुई पक्षबीच झडप हुँदा जीपमा ठूलो ढुंगा लागेको प्रहरीले जनाएको छ ।