Logo

बुधवार, मंसिर १५ गते २०७८

images

‘विवादित’ मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिँदै सरकार !

‘विवादित’ मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिँदै सरकार !

नेपालपाना पौष २८ २०७७
  • 10.2K
    SHARES
  • ‘विवादित’ मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिँदै सरकार !

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवादित हुँदै आएको मदन भण्डारी फाउन्डेसनलाई बागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

    मंगलबारको मन्त्रिपरिषद् बैठकले फाउन्डेसनलाई नगद ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

    प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले फाउन्डेसनका नाममा गुट चलाएको आरोप लगाउँदै आएको छ । 

    फाउन्डेसन तत्कालीन एमालेका महासचिव मदन भण्डारीको स्मृतिमा खोलिएको संस्था रहेको छ । फाउन्डेसनका संस्थापक अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारी र केन्द्रीय अध्यक्षमा भण्डारीकी छोरी उषाकिरण भण्डारी रहेकी छन् ।

     

    पौष २८, २०७७ मंगलवार १९:३७:१३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana