Logo

आइतवार, माघ ४ गते २०७७

संकट चुलिएका बेला ओली-प्रचण्डमाथि हत्याराको आरोप, नेकपा धरापमा !

संकट चुलिएका बेला ओली-प्रचण्डमाथि हत्याराको आरोप, नेकपा धरापमा !

नेपालपाना पौष २८ २०७७
  • 191
    SHARES
  • संकट चुलिएका बेला ओली-प्रचण्डमाथि हत्याराको आरोप, नेकपा धरापमा !

    डोटी। आन्तरिक किचलोका कारण धरापमा रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि हत्याराको आरोप लागेको छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दुवै हत्यारा भएको आरोप लगाएका हुन् । 

    दिपायलको सिलगढि नगरपालिका-९  मा कांग्रेसको वडा सभामा बोल्दै उनले भने, 'ओली पन्चायतकालका र  प्रचण्ड बहुदलका हत्यारा हुन् । प्रचण्डले १७ हजार जनता मारेको याद छोराको मृत्यु हुदा उनले देखाए ।'

    कांग्रेसले गणतन्त्रको नारा लगाउदै गर्दा ओलीले बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने अभिव्यक्ति त्यति बेला दिएका थिए । बलायरले भने ,'उनी गणतन्त्रका विरोधी थिए भन्ने कुराको अहिले आएर संसद विघटन गर्दा प्रमाणित गरेर देखाए।  हत्यारा, भ्रष्टाचारी, बलात्कारीको हातमा देश गएका कारण देशका सबै तह र तप्का संकटमा परे'को उनले बलायरले बताए ।


    यसबाहेक उनले अहिलेको सरकारबाट चुनाव सम्भवन भएको बताएका छन् । ‘विधि, पद्धति, संवैधानिक व्यवस्था, आचरण, नैतिकता सबैको चरमसीमा नाघेर अघि बढेको सरकारबाट चुनाव हुन्छ भन्ने विश्वास नगरौँ । त्यसका लागि चुनावी सरकार आवश्यक छ,’ उनले भने ।

    पौष २८, २०७७ मंगलवार २०:१५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana