सर्लाही। नेकपा ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा कानुनीरुपमा नफुटेको बताएका छन् ।
प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
तत्कालिन एमाले र माओवादीबीच एकताको शुरुवातको अवस्थाबाटै केही समस्या देखिएको र अहिले त्यो समस्या सतहीरुपमा मैदानमा देखा परेको मात्रै उनले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको र पार्टी नफुटेको उनको भनाइ छ । उनले आगामी बैशाखमा निर्वाचन भएरै छाड्ने बताए ।