काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन आयोगका वरिष्ठ कर्मचारीलाई सरुवा गरेको आरोप लागेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर पार्टी आधिकारिकता र चुनाव चिह्न सूर्य कसले पाउने विवाद निर्वाचन आयोगमा विचाराधीन रहेका बेला ओली सरकारले यस्तो गरेको आरोप लागेको हो ।
यस विषयमा प्रचण्ड–नेपाल पक्षीय नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत टिप्पणी गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धी बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’
यसअघि सोमबार विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत नेताहरू निर्वाचन आयोगमै पुगेर पदाधिकारीसँग छलफल गरेका थिए ।