Logo

बिहिवार, माघ १५ गते २०७७

भीम रावलको गृहजिल्लामा ओली समूहको दबदबा, केन्द्रीय नेता आउँदा उर्लियो जनसागर, रावलका कार्यकर्ताको भागाभाग!

भीम रावलको गृहजिल्लामा ओली समूहको दबदबा, केन्द्रीय नेता आउँदा उर्लियो जनसागर, रावलका कार्यकर्ताको भागाभाग!

Nepal Pana पौष २९ २०७७
  • 2.2K
    SHARES
  • भीम रावलको गृहजिल्लामा ओली समूहको दबदबा, केन्द्रीय नेता आउँदा उर्लियो जनसागर, रावलका कार्यकर्ताको भागाभाग!

    अछाम । नेकपाका नेता भीम रावलको जिल्लामा केपी ओली समूहको पक्षमा जनलहर देखिएको छ ।

    मंगलवार सम्पन्न बृहत आमसभामा देखिएको उपस्थितिले यस्को पुष्टि गरेको छ । केन्द्रबाट नेता ओर्लिँदा भीम रावलका कार्यकर्ता नआत्तिएका होइनन् ।

    तर जनताको माहोलले उनीहरुको भागाभाग भयो । ओलीको प्रतिनिधित्व गर्दै आएका प्रदेश अध्यक्ष कर्ण थापालाई अछामवासीले भव्य स्वागत गरे । कार्यक्रममा प्रदेश अध्यक्ष थापाले दाहाल-नेपाल समूहका नेता भीम रावलसँग राजनीतिक संस्कार नभएको बताए ।

    नेता थापाले आफ्नो निजी स्वार्थभन्दा माथि उठ्न नजानेका रावलकै कारणले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए । आफ्नो धेरै मानसम्मान खोज्ने  रावल केही निश्चित व्यक्तिको सल्लाहमा अघि बढ्दा उनकै गृहजिल्लामा ओली समूहको दबदबा रहेको दाबी गरे ।

    रावलले कहिले पनि जनताको मतको मूल्याङ्कन नगरेको भन्दै उनले पद मात्रै खोज्ने प्रवृत्तिले पार्टीलाई ठूलो क्षति पुगेको थापाले बताए । सरकारका राम्रा कामको प्रचार गर्न छोडेर सरकारलाई गाली गर्दै हिँड्न भ्याएका रावलले पार्टी एकता नचाहेको पनि थापाले आरोप लगाए ।

    'सरकारका राम्रा काम देखेर अतालिएकाहरू पार्टी विभाजनतर्फ लागेका छन्', उनले भने, 'पार्टी एकतापछि पनि माधव-प्रचण्डको स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री केपी ओलीविरुद्वमा लागेकाले उनीहरूमा कुनै राजनीतिक एजेन्डा छैन ।'

    अछाममा ओली समूहको संगठन बलियो रहेको बताउँदै उनले आमकार्यकर्तालाई संगठन थप मजबुत बनाउन अनुरोध गरे ।

    अहिले नेता रावलको ध्यान पार्टीको सम्पत्तिमा केन्द्रित रहेको भन्दै थापाले एकलौटी प्रयोग गर्न खोजे त्यसको परिणाम नराम्रो हुने चेतावनी पनि दिए ।

    पौष २९, २०७७ बुधवार १०:३५:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana