Logo

आइतवार, माघ ४ गते २०७७

ओलीसँग लचिलो बन्दै माधव नेपाल !

ओलीसँग लचिलो बन्दै माधव नेपाल !

Nepal Pana पौष २९ २०७७
  • 351
    SHARES
  • ओलीसँग लचिलो बन्दै माधव नेपाल !

    काठमाडौं । प्रतिनिधिसभा विघटनपछि आक्रामक रुपमा प्रस्तुत हुँदै आएका प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लचिलो देखिएका छन् ।

    पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्ड र नेपालले गल्ती स्वीकार गर्न र प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

    दुबै नेताले प्रधानमन्त्री ओलीको चर्को आलोचनाका साथै अझै सच्चिने अवसर रहेको उल्लेख गरेका थिए । ‘अहिले पनि सच्चिनुस्, गल्ती स्वीकार गर्नुस्। संसद विघटन गर्ने निर्णय बेठिक भयो भन्नुस् ।

    क्याबिनेटबाट एउटा प्रस्ताव पास गर्न सक्नुहुन्छ । संवैधानिक महत्व नभएपनि राजनीतिक महत्व हुन्छ । त्यसकै निम्ति वामदेव कमरेड लाग्नुभएको छ,’ नेता नेपालले भने ।

    अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सच्चिन तयार हुनुपर्ने बताए । कार्यक्रममा प्रचण्डभन्दा बढी माधव ओलीसँग नरम रुपमा प्रस्तुत भएका थिए । प्रचण्ड भने आक्रामक नै देखिन्थे ।

    पौष २९, २०७७ बुधवार १३:२८:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana