Logo

आइतवार, माघ ४ गते २०७७

नेकपा विभाजन नै नभएको भनेर सुर्य चिन्ह आफ्नो बनाउँदै ओलीपक्ष

नेकपा विभाजन नै नभएको भनेर सुर्य चिन्ह आफ्नो बनाउँदै ओलीपक्ष

नेपालपाना पौष २९ २०७७
  • 81
    SHARES
  • नेकपा विभाजन नै नभएको भनेर सुर्य चिन्ह आफ्नो बनाउँदै ओलीपक्ष

    काठमाडौं। निर्वाचन आयोगले नेकपाको दल आधिकारिकता विवाद बढ्दै गएपछि अध्यक्ष ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत २३ पुसमा पत्र पठाएर आवश्यक कागजात मागेको थियो । 

    आयोगले पत्र पठाएपछि बुधबार ओली निकट नेता सुवास नेम्बाङ जवाफी पत्र सहित आयोग गएका छन् । उनले केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जवाफी पत्र बुझाउन उनी आयोग गएका हुन्। 

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगलाई दुबै पक्षबाट कागजात आएको र प्राप्त कागजातको अध्ययन गर्ने बताए । तर पत्रमा के कस्ता विवरण बुझाइएको छ भन्ने बारे भने उनले अध्ययनपछि मात्रै जानकारी हुने जनाए । 

    स्रोतका अनुसार ओली समूहले आयोगमा बुझाएको पत्रमा पार्टी विभाजन नभएको जिकिर गरेको छ । यसैगरी पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै रहेको समेत भनिएको छ । 

    ओलीको हस्ताक्षरसहित आयोगमा बुझाइएको पत्रमा ‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु, द्धितीय अध्यक्ष पुष्पकमल दाहाल रहनु भएको छ, दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरि दायर गरेको निवेदन औचित्यहीन छन्,’ लेखिएको छ ।

    पौष २९, २०७७ बुधवार १८:१४:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana