Logo

सोमवार, माघ १२ गते २०७७

ओलीले चुनाव नगराउने घोषणा

ओलीले चुनाव नगराउने घोषणा

नेपालपाना माघ १ २०७७
  • 160
    SHARES
  • ओलीले चुनाव नगराउने घोषणा

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नै नगराउँने स्थिती आउँन सक्ने घोषणा गरेका छन् ।

    बिहीबार पर्वतमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामामा देउवाले यस्तो बताएका हुन् ।

    उनले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुनर्स्थापना नहुने खतरा रहेको बताए। ‘ओलीले चुनाव गराउँदैनन्। चुनाव पनि नगर्ने र प्रतिनिधिसभा पनि पुनर्स्थापना नहुने हुन सक्छ,’ देउवाले भने। 

    प्रतिनिधिसभा भंग गरेर ओलीले लोकतन्त्र खतरामा पार्ने काम गरेको देउवाको भनाइ थियो ।  उनले संसद् विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेकाले अदालतलाई दबाब दिने काम गर्न नहुने बताए। 

    माघ १, २०७७ बिहिवार १९:०८:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana