काठमाडौं। इतिहासमा दुई पटक महाअभियोग सामना गर्नु परेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुन राष्ट्रपति नै नहुन मिल्ने स्थिती आउँन सक्ने देखिएको छ ।
बिहीबार ट्रम्पमाथि लागेको महाअभियोगको प्रस्ताव अमेरिकी तल्लो सदन हाउस रेप्रिजेन्टेटिभबाट पारित भएको छ । अब, अर्काे बुधबार ट्रम्प माथि माथिल्लो सदन सिनेटले महाअभियोग पारित गर्न मत खसाल्ने भएको छ ।
ट्रम्प २० तारिकमै ह्वाइट हाउस छोडिरहेका छन् । २१ तारिकमा ट्रम्पमाथि लागेको महाअभियोग पास भएमा संसदले ट्रम्पलाई दोस्रो चोटी राष्ट्रपति बन्न नमिल्ने गर्न सक्ने समेत बीबीसीले जनाएको छ । यसअघि पहिलो पटक ट्रम्पमाथि लागेको महाअभियोग सिनेटबाट फेल भएको थियो ।