Logo

मंगलवार, माघ ६ गते २०७७

नयाँदिल्लीमा परराष्ट्रमन्त्री ज्ञवाली, यस्तो छ र्कायतालिका

नयाँदिल्लीमा परराष्ट्रमन्त्री ज्ञवाली, यस्तो छ र्कायतालिका

नेपालपाना माघ १ २०७७
  • 86
    SHARES
  • नयाँदिल्लीमा परराष्ट्रमन्त्री ज्ञवाली, यस्तो छ र्कायतालिका

    काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् ।

    उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

    मन्त्री ज्ञवालीले भोलि शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् । 

    यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपिन रावतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा उनीहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

    माघ १, २०७७ बिहिवार १९:४५:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विदेश
  • # प्रदीप ज्ञवाली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana