Logo

मंगलवार, माघ ६ गते २०७७

प्रचण्ड–नेपाल पक्षले तिर हान्यो, बालुवाटारमा खैलाबैला !

प्रचण्ड–नेपाल पक्षले तिर हान्यो, बालुवाटारमा खैलाबैला !

नेपालपाना माघ १ २०७७
  • 112
    SHARES
  • प्रचण्ड–नेपाल पक्षले तिर हान्यो, बालुवाटारमा खैलाबैला !

    काठमाडौं। प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि थप कारवाही गर्ने तयारी थालेको छ । यसअघि प्रचण्ड–नेपाल पक्षले पार्टीका बहुमत सदस्यको बैठकबाट ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको थियो ।

    यसबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाका अध्यक्ष माधवकुमार नेपालले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीमाथि थप कारवाही हुने बताएका हुन् ।

    अध्यक्षबाट कारवाही गरिसक्दा पनि ओलीले गुटगत गतिविधि गरेको र अनुशासन उल्लंघन गरेको बताउँदै नेता नेपालले भने, ‘थप कारबाही गर्नुपर्ने अवस्था आएको छ । स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्छ ।’

    नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज बिहीबारबाट सुरू भएको छ । भोलि शुक्रबारकै बैठकबाट ओलीमाथि थप कारवाहीको निर्णय समेत हुनसक्ने नेता नेपालले संकेत गरेका छन् ।

    माघ १, २०७७ बिहिवार २०:२०:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana