Logo

बिहिवार, फाल्गुण २० गते २०७७

संसद पुनस्थापना हुने, वैशाखमा चुनाव गर्ने ओलीको सपना तुहियो

संसद पुनस्थापना हुने, वैशाखमा चुनाव गर्ने ओलीको सपना तुहियो

नेपालपाना माघ ३ २०७७
  • 5.9K
    SHARES
  • संसद पुनस्थापना हुने,  वैशाखमा चुनाव गर्ने ओलीको सपना तुहियो

    काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने बताएका छन् । 

    नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उनले वैशाखमा निर्वाचन नहुने बताएका हुन् ।

    पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताए। 

    उनले भने, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ।” आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उनको भनाइ थियो । 

    “संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उनले भने । संसद्मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको आरोप उनले लगाए । 

    अदालतलाई आफूहरुले दवाव नदिएको बताउँदै उनले अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल गरेको दाबी गरे । आफूहरु सडकमा आउन बाध्य भएको भन्दै उनले भने, “लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लाग्दैन ।” संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने भन्दै नेता पौडेलले भने, “जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्दैन ।” 

    माघ ३, २०७७ शनिवार १८:३५:०१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana