Logo

बिहिवार, फाल्गुण २० गते २०७७

'ओली खड्कप्रशाद हैन किर्तेप्रसाद'

'ओली खड्कप्रशाद हैन किर्तेप्रसाद'

नेपालपाना माघ ३ २०७७
  • 2.1K
    SHARES
  • 'ओली खड्कप्रशाद हैन किर्तेप्रसाद'

    ललितपुर। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनलाई खड्कप्रशाद ओली भन्दा पनि किर्तेप्रशाद ओली भन्ने अवस्था आएको बताएका छन् ।

    संसद विघटनविरुद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिका, गोटिखेल ललितपुरले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

    यस्तै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली अभिभावक नभइ नेकपा भित्रको एक गुटको कुलपति बनेको आरोप समते लगाएका छन्।

    प्रधानमन्त्री ओलीले गरेको किर्ते काममा राष्ट्रपतिले हस्ताक्षर गरेकाले सम्मान गर्ने अवसर गुमाएको बताउँदै भने,‘हाम्रो बा-आमा भन्दा पहिले मठ मन्दिरमा राष्ट्रपतिलाई पुज्ने हामीलाई लज्जाबोध भएको छ ।’

    ‘यतिबेला हामीलाई खड्कप्रसाद ओली होइन किर्तेप्रसाद ओली भन्नुपर्ने अवस्था आयो’थापाले भने,‘यो सबै घट्नाको दोषी ओलीमात्र होइन प्रचण्ड-माधव(झलनाथ पनि उत्तिकै जिम्मेवार छन ।’

    माघ ३, २०७७ शनिवार १८:५२:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana