Logo

बिहिवार, फाल्गुण २० गते २०७७

'गेम प्लेयर' ओलीले विरोधीलाई दिए कडा चुनौती, नेकपामा कायापलट !

'गेम प्लेयर' ओलीले विरोधीलाई दिए कडा चुनौती, नेकपामा कायापलट !

नेपालपाना माघ ३ २०७७
  • 2.8K
    SHARES
  • 'गेम प्लेयर' ओलीले विरोधीलाई दिए कडा चुनौती, नेकपामा कायापलट !

    काठमाडौं। जनस्तरमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरु भेटेको चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले यस्तो चर्चा चलाउँने सबैलाई कडा चुनौती दिएका छन् ।

    संसद विघटन गरेर ओलीले नेपाली राजनीतिमा आफ्नो 'गेम प्ले' गरिरहेको आरोप लगाउँने केहीले सर्वाेच्चमा समेत ओलीले 'प्ले' गर्न खोजेको आरोप लगाउँदै आएका छन् । संसद विघटनपछि पछिल्लो समय ओली चुनाव चिन्ह आफ्नै पक्षमा पारेर चुनाव जित्दै फेरि नेकपालाई कायापलट गरेर प्रधानमन्त्री बन्ने होडमा रहेको देखिन्छ ।

    यसबीच प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको बताउँदै भेटेको भन्नेहरुलाई भेटेको प्रमाण जुटाउन चुनौती दिएका हुन् ।

    शनिबार काठमाडौंमा आयोजित प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्येकी शशी श्रेष्ठले सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको कुरा उठाएकी थिइन ।

    यसै विषयमा प्रधानमन्त्री ओलीले सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडी आफूले अधिवक्ता सपना मल्ल प्रधानलाई भेटेको बताएका छन् ।

    माघ ३, २०७७ शनिवार १९:०५:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana