काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले बैगुनीबारे केही भन्नु छैन् भन्दै भाषण गरेका छन् ।
शनिवार नेकपा ओली पक्षको प्रदेश १ कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो अभिव्यक्ती दिएका हुन् ।
संसद विघटनपछि विभाजित नेकपा ओली र प्रचण्ड–नेपाल पक्षमा विभाजित छ । यस्तोमा प्रचण्ड–नेपाल पक्षमा लागेका पूर्व मन्त्री योगेश भट्टराईलाई ओलीले बैगुनी केटाकेटीको संज्ञा दिएका हुन् ।
‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनें । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ ’ ओलीले पूर्व पर्यटनमन्त्री भट्टराईलाई संकेत गर्दै भने ।
योगेश भट्टराईले आफूलाई छाडेर हिँडे पनि युवाहरूको कमी नभएको ओलीले बताएका छन् । ‘हामी त्यस्तो कुरामा अल्झिँदैनौं,’ ओलीले भने, ‘एउटा केटोले छाडेर केही हुँदैन । युवाहरूको हामीलाई कुनै कमी छैन ।’