Logo

सोमवार, फाल्गुण २४ गते २०७७

प्रचण्ड-नेपाल पक्ष नै मुलधार नेकपा हुने घोषणा !

प्रचण्ड-नेपाल पक्ष नै मुलधार नेकपा हुने घोषणा !

नेपालपाना माघ ३ २०७७
  • 3.2K
    SHARES
  • प्रचण्ड-नेपाल पक्ष नै मुलधार नेकपा हुने घोषणा !

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपला पक्षमा नेता एवं पूर्व उर्जामन्त्री वर्षमान पुनले जनयुद्धको नेता प्रचण्ड र जबजको नेता माधव नेपाल भएको पाटी मुलधार हुने बताएका छन् ।

    दाङको तुलसीपुरमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।

    प्रचण्ड र माधव नेपालबीच ४० वर्ष लामो सहकार्य रहेको तथा नेपालको विधि र पद्धतिप्रतिको निष्ठा तथा प्रचण्डको जुझारु प्रवृत्तिका कारण नेपाली कम्युनिष्ट आन्दोलनको मुलधार प्रचण्ड–नेपालले नेतृत्व गरेको पार्टी हुने उनको भनाइ छ।

    उनले लामो समय बहुदलीय जनवादमा आधारित भएर लोकप्रिय जनमत निर्माण गर्न सफल एमालेको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनालजस्ता नेता तथा जनयुद्धको नेतृत्व गरेका प्रचण्ड सँगै भएपछि कम्युनिष्ट आन्दोलनको मुलधार आफूहरु हुने बताएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश र स्वेच्छाचारी ढंगले प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ । ओलीको कदमले अन्ततः कम्युनिष्ट आन्दोलन र नेकपाको एकतालाई कमजोर पार्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायको सिद्धान्तलाई खत्तम पार्ने पुनले बताए ।

    माघ ३, २०७७ शनिवार १९:३९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana