Logo

सोमवार, फाल्गुण २४ गते २०७७

कोरोनाविरुद्धको खोप लगाउन सुरु

कोरोनाविरुद्धको खोप लगाउन सुरु

नेपालपाना माघ ३ २०७७
  • 1.5K
    SHARES
  • कोरोनाविरुद्धको खोप लगाउन सुरु

    नयाँदिल्ली।  विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको  भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ। 

    भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको  उद्घाटन गरेका हुन् ।

    अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ।

    अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ। 

    खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्। आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ।

    माघ ३, २०७७ शनिवार २०:०३:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana