Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

मूल्य वृद्धिको बारेमा सकारकारले थाल्यो यस्तो तयारी

मूल्य वृद्धिको बारेमा सकारकारले थाल्यो यस्तो तयारी

नेपालपाना माघ ४ २०७७
  • 7.6K
    SHARES
  • मूल्य वृद्धिको बारेमा सकारकारले थाल्यो यस्तो तयारी
    काठमाडौं । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विभिन्न नाममा हुने गरेका मूल्यवृद्धि नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
     
    गण्डकी प्रदेशसभाको विशेष बैठकमा उठेका एवम् सञ्चारमाध्यममा प्रकाशित सूचनाका आधारमा आज पोखराका खाद्यान्न तथा निर्माण सामग्रीका ठूला पसलको अनुगमनका क्रममा उनले जथाभावी रुपमा मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने बताए ।
     
    “व्यापारीले होलसेल नाफा मूल्य सूचीभन्दा बढी रकममा बिक्री वितरण गरेमा कडाभन्दा कडा कारबाही गरिनेछ”, उनले भने, “बजारमा तोकिएको तौल र गुणस्तरमा कुनै पनि सम्झौता हुने छैन ।” 
     
    उनले सरोकारवाला कार्यालयले बजार अनुगमनलाई तीव्रता दिँदै सरकारकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए । टोलीले पोखरा महानगरपालिका–५ मालेपाटनस्थित आदर्श स्टोर्स, नारायणी आयत रिफाइन उद्योग र नमस्ते हाइवयर एन्ड सप्लायर्स र पोखरा–८ स्थित केएल, दुगर्ड ग्रुपको वितरण केन्द्रको अनुगमन गरेको थियो ।
     
    अनुगमनका क्रममा नापतौलको प्रमाणपत्र प्रयोगशालामा नपाइएको र अनुमति नलीईकन ८० किलोको यन्त्र प्रयोगस्थलमा पाइएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक तथा टोली संयोजक नारायण आचार्यले जानकारी दिए ।

    माघ ४, २०७७ आइतवार २१:११:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana