काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्तामा जाने मन भएको आशंका गरेका छन् ।
आज (सोमबार) गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यसबाहेक नेता भट्टराईले प्रचण्ड समुहको भर नभएको समते बताएका छन् । उनले भने, ‘प्रचण्डको भर छैन, बिहान बोलेको बेलुकी सम्झनुहुन्न, केपी ओलीलाई किन पार्टीबाट निकाल्नु हुन्न ? तपाइँहरु (दाहाल–नेपाल) सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने अशंका छ।’
नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिविरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा विघटनमा अन्तरराष्ट्रिय शक्तिको पनि गलत चलखेल रहेको उनको आरोप छ ।