काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले उत्तर प्रदेशको अयोध्यामा राम मन्दिर बनाउने अभियानमा जोडिन आह्वान गरेका छन् ।
आफू पनि अभियानमा जोडिसकेको भन्दै आगामी पुस्ताका लागि हातेमालो गर्न अक्षयले आम फ्यानलाई आह्वान गरेका हुन् ।
उनले भनेका छन्:
त्रेतायुगगमा एकातर्फ थिए बानर सेना थिए । अर्कोतर्फ रावण सेना । बीचमा महासमुद्र थियो । समुद्रमा ठूला ठूला ढुंगा हालेर रामसेतुको निर्माण गर्नु थियो । छेउमा उभिएर हेरिरहेका रामको नजर लोखर्केमा पर्यो । जो पानीमा डुब्की लाउने र बालुवाबाट लुटपुटिएर रामसेतु अर्थात पुलमा गएर टक्ट्याउथ्यो । जसले पुलमा बालुवा भरिएर मजबुद हुन्थ्यो । उनले रामलाई रामसेतुमा सानो सहयोग गरेको भने ।
आज हाम्रो पालो हो । अयोध्यामा हाम्रो भव्य राम मन्दिरको निर्माण सुरु भइसकेको छ । हामी मध्ये केही बानर बनौ । कोही लोखर्के बनौं ।
आफ्नो क्षमताअनुसार राम मन्दिर निर्माणमा योगदान गरौं । म आफै पनि सुरुवात गरिसकेको छु ।
तपाईहरु पनि जोडिनुस् । आउने पिढीलाई भगवान रामको मर्यादा र सन्देश पुग्नेछ ।