Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

बाबुरामको प्रस्ताव : प्रचण्डको विश्वास छैन, कांग्रेसले नेतृत्व लिनुपर्छ

बाबुरामको प्रस्ताव : प्रचण्डको विश्वास छैन, कांग्रेसले नेतृत्व लिनुपर्छ

नेपाल पाना माघ ६ २०७७
  • 7.3K
    SHARES
  • बाबुरामको प्रस्ताव : प्रचण्डको विश्वास छैन, कांग्रेसले नेतृत्व लिनुपर्छ

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनको अगुवाई नेपाली कांग्रेसले गर्नुपर्ने बताएका छन् ।

    सोमवार राजधानीमा आयोजित कार्यक्रममा बाबुरामले आफू बीपी कोइरालाको अनुयायी भएको र गणेशमानलाई सधैं सम्मान गर्ने उल्लेख गरे । संविधानसभा अगाडि १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका पक्षधर कमजोर हुँदा अहिलेको अवस्था आएको दाबी गरे ।

    नयाँ संविधान १२ बुँदे समझदारीबाट आएको उल्लेख गर्दै काँग्रेस र तत्कालीन माओवादी कमजोर हुँदा केपी ओलीजस्तो व्यक्ति हावी भएको उनको भनाई थियो । भट्टराईले काँग्रेसले उदारमात्र र अरुले समाजवादीको कुरामात्र गर्न नहुने उल्लेख गरे ।

    बाबुरामले सरकारविरुद्ध प्रचण्डले हिंसात्मक आन्दोलनको कुरा गरेको प्रसंगमा ठेक्का लिन नसक्ने बताए । उनले भने, ‘एक जना साथीले हिंसात्मक आन्दोलनको कुरा गर्नुभयो ।

    प्रचण्डजीको बारेमा म ठेक्का लिन्नँ । उहाँले कहिले के बोल्नुहुन्छ ? आफैले बिहान बोलेको बेलुका उहाँलाई सम्झना हुँदैन ।’ उनले सक्दो शान्तिपूर्ण ढंगले आन्दोलन गर्ने बताए ।

    हस्ताक्षेप बढ्यो भने रामनाम जपेर बस्न नसक्ने समेत बाबुरामको भनाई थियो । भने, ‘हस्ताक्षेप बढ्यो भने हामी हातमा दही जमाएर बस्ने? हामी रामनाम जपेर बस्दैनौ ।’

    माघ ६, २०७७ मंगलवार ०८:५२:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana