Logo

बिहिवार, फाल्गुण २० गते २०७७

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध पीडीएमले व्यापक विरोध प्रदर्शन गर्ने

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध पीडीएमले व्यापक विरोध प्रदर्शन गर्ने

Nepal Pana माघ ७ २०७७
  • 5.7K
    SHARES
  • पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध पीडीएमले व्यापक विरोध प्रदर्शन गर्ने

    इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) ले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

    पाकिस्तान मुस्लिम लिग नवाजका प्रवक्ता मरियुम औरंगजेबले  इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को सन् २०१४ को वैदेशिक लगानीको मुद्दाविरुद्ध देशव्यापी प्रदर्शन गर्ने जनाएका छन् ।

    प्रधानमन्त्री खानविरुद्ध सन् २०१४ मा उक्त मुद्दा दर्ता गरिए पनि हालसम्म कुनै छानबिन र कारबाहीको प्रक्रिया अघि नबढेको बताइएको छ । ११ वटा विपक्षी पार्टीहरु मिलेर बनेको पीडीएमले पाकिस्तान सरकारविरुद्ध लगातार विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

    "पीडीएमले जनवरी १९ मा गर्न लागेको विरोध प्रदर्शनको निर्णय भएको छ । जुन पीटीआईले गैरकानूनी कोषमा विदेशी रकम लिएको र दुईवटा खाता सञ्‍चालन गरेको   देशी कोषबाट प्राप्त भएको स्वीकार गरेको छ ।

    अवैधरुपमा एजेन्टहरुमार्फत खानले रकम लिने गरेको पाइएकोले त्यसविरुद्ध आन्दोलन गर्न लागिएको हो । पीडीएमले प्रधानमन्त्री इमरान खानलाई जनवरी ३१ अगाडि राजीनामा दिइसक्न पनि अल्टिमेटम दिएको छ ।

    प्रधानमन्त्री खानले मुलुकलाई विदेशी मुलुकको खेल मैदान बनाएको, सेनालाई राजनीतिमा ल्याएको, भ्रष्टाचार बढाएको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको र धार्मिक र जातीय अल्पसंख्यकलाई थप उत्पीडन दिएको आरोप लगाइएको छ । प्रधानमन्त्री इमरान खानले पीडीएमले यसअघि गरेका र्‍यालीहरुमा सहभागी भएकाहरुविरुद्ध मुद्दा दायर गरेको छ ।

    कोरोना महामारीका कारण भेला र र्‍यालीहरु गर्न प्रतिबन्ध लगाउँदा पनि र्‍यालीमा सहभागी भएको आरोपमा मुद्दा दर्ता गर्दै सहभागीहरुलाई नियन्त्रण लिने काम गरिरहेको छ ।

    माघ ७, २०७७ बुधवार १५:२७:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana