Logo

बिहिवार, फाल्गुण २० गते २०७७

अवैधरुपमा सत्ता सम्हालिरहेका इमरान खानलाई पदमुक्त गर्न पीडीएम दृढ

अवैधरुपमा सत्ता सम्हालिरहेका इमरान खानलाई पदमुक्त गर्न पीडीएम दृढ

Nepal Pana माघ ८ २०७७
  • 2.2K
    SHARES
  • अवैधरुपमा सत्ता सम्हालिरहेका इमरान खानलाई पदमुक्त गर्न पीडीएम दृढ

    इस्लामावाद । पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (पीडीएम) का प्रमुख मौलाना फजलुर रहमानले विपक्षी आन्दोलन अब प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको अवैध सरकार मात्र नभई उनीहरूका समर्थकहरूको पनि हुने बताएका छन् ।

    विपक्षी गठबन्धन प्रमुखले पीडीएम भित्र मिडियाले चलाएको अभियान हो र पीडीएम इमरान खान र उनको अवैध सरकारलाई हटाउन अझ बढी कटिबद्ध भएको बताएका छन् ।

    राईविन्डमा पीडीएम नेताहरूको बैठकपछि रहमानले भने कि विस्तृत छलफलपछि विपक्षीले आगामी उपचुनावमा भाग लिने निर्णय गरिको तर संसदीय चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय नभएको बताएका छन् ।

    "सैद्धान्तिक रूपमा हामी कुनै पनि संस्थाको चुनावको विपक्षमा छैनौं तर संसदी चुनाव नभएसम्म केही समय हुन्छ," उनले भने, "वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै भविष्यको पीडीएम बैठकमा अन्तिम निर्णय लिने छ ।"

    पीडीएम प्रमुखले भने, "पीडीएम पहिलेभन्दा शक्तिशाली देखिएको छ र यो अवैध सरकारको चंगुलबाट देशलाई बचाउन पहिलेभन्दा बढी दृढ संकल्पित छ । सबै दलहरु एकमत छन् ।" आन्दोलनको दिशातर्फ अघि बढिरहेका छौं । सरकारले दिने हरेक चुनौती सामनाका लागि तयार भएकोसमेत बताएका छन् । 

    पीडीएमले इमरान खानलाई जनवरी ३१ सम्म पदबाट राजीनामा दिन अल्टिमेटम दिएका छन् । प्रधानमन्त्री खानले राजीनामा नदिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनीसमेत दिएका छन् ।

    माघ ८, २०७७ बिहिवार ०८:२८:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana