Logo

बुधवार, मंसिर १५ गते २०७८

images

कम्युनिस्ट सरकारले देश डुबाउँदै : ६ महिनामा ६ खर्बको बर्बादी

कम्युनिस्ट सरकारले देश डुबाउँदै : ६ महिनामा ६ खर्बको बर्बादी

नेपालपाना माघ ८ २०७७
  • 6.2K
    SHARES
  • कम्युनिस्ट सरकारले देश डुबाउँदै : ६ महिनामा ६ खर्बको बर्बादी

    काठमाडौं। देश विकासको सट्ट राजनीतिक संकटमा धरासायी पारेको नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारको ६ महिनामा ६ खर्बभन्दा बढी व्यापार घाटा भएको छ ।

    चालू आर्थिक वर्षको ६ महिनामा नै  ६ खर्बभन्दा धेरैको वैदेशिक व्यापार घाटा भएको हो । देश समृद्धितिर जानुपर्ने अवस्थामा र कोरोना भाइरसको माहामारीका कारण भएको लकडाउनले आयातमा कमी हुँदा समेत गतवर्षको हाराहारीमै व्यापार घाटा भएको हो ।

    भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस महिनासम्मको तथ्यांकअनुसार ६ महिनामा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँबराबरको व्यापारघाटा भएको हो।

    झण्डै १० महिनादेखि कोरोना संक्रमणको कारण मुलुकको आन्तरिक खपत घटेको छ। फलतः आयातमा पनि कमी आइरहेको छ। आन्तरिक खपत घटेको र आयातमा कमी आउँदा व्यापारघाटा गत वर्षभन्दा कम भएको छ।

    माघ ८, २०७७ बिहिवार १८:४२:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana