Logo

शुक्रवार, मंसिर १६ गते २०७९

प्रचण्डपथमा फर्किए बाबुराम, उपराष्ट्रपतिसँग भेटेर के भयो सम्झौता ?

प्रचण्डपथमा फर्किए बाबुराम, उपराष्ट्रपतिसँग भेटेर के भयो सम्झौता ?

नेपालपाना माघ ९ २०७७
  • 10.3K
    SHARES
  • प्रचण्डपथमा फर्किए बाबुराम, उपराष्ट्रपतिसँग भेटेर के भयो सम्झौता ?

    काठमाडौं। पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनसँग गोप्य भेटवार्ता गरेका छन् ।

    शुक्रवार प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरेलगत्तै प्रचण्ड उपराष्ट्रपति कार्यालय लैनचौर पुगेका हुन् । 

    प्रचण्डसँगै बाबुराम पनि लैनचौर पुगेपछि कतिपयले ओलीविरुद्ध बाबुराम र प्रचण्ड एउटै बाटोमा जान सक्ने आशंका हुन थालेको छ।

    कैलालीको टीकापुर लगायत तराईका विभिन्न जिल्लामा भएको सरकार विरुद्धको प्रदर्शनमा सहभागी भएर शुक्रबार मात्रै काठमाडौं आइपुगेका भट्टराई समेत उति नै बेला लैनचौर पुगेका हुन् ।

    प्रचण्ड र बाबुरामले संयुक्त रूपमा उपराष्ट्रपति पुनसँग आधा घण्टा कुराकानी गरेको भएपनि के विषयमा कुरा भयो भन्ने सार्वजनीक भएको छैन् । 

    केही हप्ताअघि पनि लैनचौरमै प्रचण्ड र बाबुरामबीच छलफल भएको जनाइएको छ । पछिल्लो समय प्रचण्ड र बाबुराम नजिकिँदै गएको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

    माघ ९, २०७७ शुक्रवार २१:१०:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend