काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आफ्नो छोरालाई बचाउनका लागि प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका जनार्दशन शर्मा र भीम रावलले आरोप लगाएका छन् ।
पार्टीको आन्तरिक बैठकमा शर्मा र रावलले थापालाई ओलीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा फसाउन खोजेको बताएको उच्च स्रोतले जनाएको छ ।
शर्मा र रावलले गृहमन्त्री थापाले आफ्नो छोरालाई निर्मला पन्त बलात्कार प्रकरणमा बचाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहलाई साथ नदिएको बताएका हुन् ।
गृहमन्त्री थापालाई ओलीले बन्धनमा पारेको चर्चा दाहाल–नेपाल समूहको नेकपाको बैठकमा भएको छ । ओलीले थापालाई आफूलाई छाडेर गएपछि निर्मला पन्तको बलात्कार प्रकरणको फाइल पुनः खुलाउने धम्की दिएको एक नेताले बताएका छन् ।
गृहमन्त्री थापाले पार्टी विभाजनको कुरामा ओलीलाई साथ दिँदै आएका छन् । थापा निकटका अधिकांश नेताहरू दाहाल–नेपाल समूहमा छन् । थापाकै प्रमुख सल्लाहकार पनि दाहाल–नेपाल समूहतिर लागेका छन् ।
नेकपाभित्रका आरोप प्रत्यारोप चलिरहेका बेला दाहाल–नेला समूह निकट मानिने शर्मा र रावलले ओलीको रणनीतिमा गृहमन्त्री थापा फसेको आरोप लगाएका हुन् ।