Logo

बिहिवार, फाल्गुण २० गते २०७७

स्कूल सञ्चालकले ठगे तीन करोड

स्कूल सञ्चालकले ठगे तीन करोड

नेपालपाना माघ १० २०७७
  • 1.6K
    SHARES
  • स्कूल सञ्चालकले ठगे तीन करोड

    काठमाडौं। झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई आज काठमाडौँबाट पक्राउ गरेको छ । 

    उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि रु दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ । 

    उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । 

    उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। 

    उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिय पूरा गरी आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ । 

    माघ १०, २०७७ शनिवार २०:३२:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana