इस्लामाबाद। पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा (पीआइए) ले लीज सम्बन्धी कानुन उल्लघंन गरेको भन्दै नागरिक उड्ययन प्राधिकरणले यसको निन्दा गरेको छ ।
बोइन ७७७ विमानको अदालतमा लीज सम्बन्धी मुद्दा जारी रहेको बेला अन्तराष्ट्रिय उडान भर्न अनुमति दिएर पीआइएले कानुनको उल्लघन गरेको भन्दै नागरिक उड्ययन प्राधिकरण (सिएए) ले निन्दा गरेको हो ।
लीज सम्बन्धी कानुनको बेबास्ता गर्ने पीआइएको गैरजिम्मेवार व्यावहार र प्रवृति प्रति नागरिक उडड्यन प्राधिकरणले असन्तुष्टी देखाएको हो ।
अन्तराष्ट्रिय नागरिक उड्ययन कानुनको उल्लघनले देश लाइ नै लज्जित बनाउने भन्दै सिएएले असन्तुष्टी देखाएको छ । हाल विश्वब्यापारी महामारी रहेको कोभिड–१९ महामारीका कारण पीआइएले समयमा विमानको भाडा तिर्न असफल भएको थियो ।
विमानको भाडा तिर्न असफल भएपछि पीआइए अधिकारीहरु जनवरी २२ मा बेलायतको अदालत र जनवरी २४ मा मलेसियाको अदालतमा उपस्थित हुनुपर्ने नागरिक उड्ययन मन्त्री गुलाम सरवर खानले बताएका छन् ।
पूर्व प्रधानमन्त्री नवाज सरिफको सरकारले महंगो भाडादरमा दुई विमान लिएको मन्त्री खानले आरोप लगाए । सन् २०१५ मा पीआइएको विमान भीयतनामको कम्पनीबाट पीआइएले भाडामा बिमानहरु भित्राएको थियो।
शुक्रबार यात्रु चढाएर उड्नै लागेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए) को विमान मलेसियाको क्वालालम्पुरमा जफत गरिएको छ । पीआइएले बोइङ ७७७ मोडलको यो विमान भाडामा लिएको थियो र यसको भाडा तिरेको थिएन ।
शुक्रबार क्वालालम्पुर विमानस्थलमा विमान जफत गरिँदा त्यसमा यात्रु बसिसकेका थिए । यो विमान अदालतको आदेशमा जफत गरिएको अल जजीराले जनाएको छ ।
हालै पाकिस्तानको सरकारी एयरलाइन्स पीआइएले भाडा नतिरेपछि कम्पनीले ६ महिना पहिले बेलायतको अदालतमा निवेदन दिएको थियो ।
सुनुवाइमा अदालतले विमान जफत गर्न आदेश दिएसंगै यात्रु चढाएर उड्नै लागेको पीआआइएको बिमान मलेसियाको क्वालालम्पुरमा जफत गरिएको थियो ।
पीआइएले बोइङ ७७७ मोडलको विमानले भाडामा लिएपनि नतिरेपछि जफत गरिएको हो। श्रोत: बिजनेस स्टयान्डर्ड