Logo

सोमवार, फाल्गुण २४ गते २०७७

ओलीको पक्षमा सर्वाेच्च : प्रधानन्यायाधीस र न्यायाधीश मल्लले गरे यस्तो तर्क !

ओलीको पक्षमा सर्वाेच्च : प्रधानन्यायाधीस र न्यायाधीश मल्लले गरे यस्तो तर्क !

नेपालपाना माघ ११ २०७७
  • 2.9K
    SHARES
  • ओलीको पक्षमा सर्वाेच्च :  प्रधानन्यायाधीस र न्यायाधीश मल्लले गरे यस्तो तर्क !

    काठमाडौं। सर्वोच्च अदालको संवैधानिक इजलासमा भएको आइतबारको सुनुवाइमा न्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाशिसले ओलीको पक्षमा देखिने गरी बहस गरेकी छन् ।

    न्यायाधीश मल्लले संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको बदनियत कहाँ देखियो भन्दै प्रशन गरेकी हुन् ।

    नेकपा संसदीय दलका नेता देवप्रसाद गुरुङसमेतको रिटको पक्षमा बहस गर्न आएका अधिवक्ता मेघराज पोखरेललाई न्यायाधीश मल्लले प्रश्न गरेकी हुन् ।

    अधिवक्ता पोखरेललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समेत प्रश्न गरेका थिए । प्रधानन्यायाधीश जबराले धारा ७६ (१) को सरकार कसरी संसद मातहत रहन्छ भन्दै प्रश्न गरेका हुन् ।

    ‘प्रधानमन्त्रीले सरकार पनि चलाउन सकेन, दलले साथ दिएन, विश्वास पनि भएन बाध्यताका कारण मैले संसद विघटन गर्नुको विकल्प देखिन भन्नुभएको छ, बदनियतको प्रश्न आइरहेको छ । यसमा बदनियत कहाँनिर देखियो रु’ न्यायाधिस मल्लको प्रश्न थियो ।

    माघ ११, २०७७ आइतवार १८:५१:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana