Logo

सोमवार, फाल्गुण २४ गते २०७७

ओली नेकपाको साधारण सदस्यबाटै निष्कासित, अबको विकल्प के ?

ओली नेकपाको साधारण सदस्यबाटै निष्कासित, अबको विकल्प के ?

नेपालपाना माघ ११ २०७७
  • 1.6K
    SHARES
  • ओली नेकपाको साधारण सदस्यबाटै निष्कासित, अबको विकल्प के ?

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको छ ।

    स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाएको हो ।

    यसअघि नै नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाइसकेको छ । यस्तोमा अब, यदि चुनाव चिन्ह सुर्य पनि प्रचण्ड नेपाल समुहसँग गयो भने ओलीसँग कुनै विकल्प रहने देखिँदैन् ।

    यसअघि ओलीलाई सदस्यबाट किन नहटाउँने भनेर स्पष्टीकरण सोधिएको थियो । तर, ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको प्रचण्ड समुहको भनाइ छ ।


    बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित गरेको छ । यतिबेला प्रचण्डसमुह ओलीवरुद्ध आक्रमक छ ।

    तर, नेकपाको भविष्य के हुन्छ भन्ने कुरा अझैं दुई महत्वपूर्ण बिन्दुमा अड्किएको छ । पहिलो सर्वाेच्चको निर्णय र दोस्रो निर्वाचन आयोगको निर्णय ।

    माघ ११, २०७७ आइतवार १९:०५:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana