Logo

सोमवार, फाल्गुण २४ गते २०७७

विदेशी हस्तक्षेप बढ्यो, देश मुठभेडतर्फ जाने सम्भावना !

विदेशी हस्तक्षेप बढ्यो, देश मुठभेडतर्फ जाने सम्भावना !

नेपालपाना माघ ११ २०७७
  • 1.8K
    SHARES
  • विदेशी हस्तक्षेप बढ्यो, देश मुठभेडतर्फ जाने सम्भावना !

    चितवन। देशमा विदेशी हस्तक्षेप बढ्दै गएको भन्दै मुठभेडमा जाने खतरा बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।

    आइतबार पत्रकारसँगको अन्तरक्रियामा  उनले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताए ।

    उनले भने, “पक्ष विपक्षको शक्ति प्रदर्शनले देश मुठभेडतर्फ जाने देखिएको छ । यसले प्रजातन्त्रलाई कमजोर बनाउछ ।” प्रजातन्त्र कमजोर बन्दा विदेशी शक्तिको चलखेल बड्ने उनको भनाइ थियो ।

    उनले थपे, “अस्थिरता र अराजकता बढ्दै गएको अवस्थामा परिस्थिती राजनैतिक दल र नेताभन्दा बाहिर जान सक्ने खतरा देखिन्छ ।”

    प्रतिनिधिसभा विघटनको विषयमा संविधानमा केही अस्पष्टता रहेको भन्दै उनले यसलाई सर्वोच्चले व्याख्या गर्नुपर्ने बताए । उनले भने, “सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दामा सर्वोच्चले उचित व्याख्या गर्नुपर्छ । राजनैतिक दल र अन्य संस्थाले अदालतलाई दबाब दिनुहुँदैन ।”

    माघ ११, २०७७ आइतवार २०:२४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा
  • # राजपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana