Logo

सोमवार, फाल्गुण २४ गते २०७७

वैद्यको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त !

वैद्यको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त !

नेपालपाना माघ ११ २०७७
  • 5.3K
    SHARES
  • वैद्यको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त !

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । वैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो । 

    सभापति देउवाले आज शोक सन्देशमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।

     विसं १९९२ जेठ १३ गते जन्मनुभएका वैद्यले २०१७ सालमा प्रजातन्त्र अपदस्त भएपछि  अप्रजातान्त्रिक कदमको विरोधमा उत्रँदा पाँच वर्ष एक महिना कारागार जीवन व्यतीत गरेका थिए ।

    वैद्यले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताए । 

    माघ ११, २०७७ आइतवार २१:०८:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana