Logo

शुक्रवार, मंसिर १६ गते २०७९

सिक्किम क्षेत्रमा घुस्न खोज्दा चिनियाँ सैनिकलाई धपायो भारतीय सेनाले,२० चिनियाँ सैनिक घाईते

सिक्किम क्षेत्रमा घुस्न खोज्दा चिनियाँ सैनिकलाई धपायो भारतीय सेनाले,२० चिनियाँ सैनिक घाईते

नेपाल पाना माघ १२ २०७७
  • 10.5K
    SHARES
  • सिक्किम क्षेत्रमा घुस्न खोज्दा चिनियाँ सैनिकलाई धपायो भारतीय सेनाले,२० चिनियाँ सैनिक घाईते

    काठमाडौँ । चीन र भारतबीच विवादित सीमा क्षेत्रमा विवाद निरन्तररुपमा बढ्दै गएको छ । यसबीच सिक्किमको सीमावर्ती क्षेत्रमा समेत दुई देशको सेनाबीच झडप भएको छ ।

    भारतीय सञ्चारमाध्यममा जनाइए अनुसार सिक्किमको नाकु ला क्षेत्रमा झडप भएको हो । झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको बताइएको छ ।

    भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेर भूमी हडप्न खोजेपछि धपाइएको उल्लेख छ ।

    गत साता नै सिक्किमको सीमावर्ती क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको हचो ।

    तर, यो सुचना सोमबार मात्रै सार्वजनीक गरिएको छ । यसअघि लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए।

    उक्त झडपमा चीनतर्फ पनि हताहती भएको दाबी गरिए पनि त्यसको विवरण चिनियाँपक्षले सार्वजनीक गरेको छैन् ।

    माघ १२, २०७७ सोमवार १३:०६:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारतीय सेना

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend